महोत्तरी, १८ साउन । महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

जिल्लाको रामगोपालपुर नगरपालिका–१ बसबिट्टी गाँउस्थित कब्रिस्तान नजिकै सम्सीबाट रामगोपालपुरतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाईकलले स्थानीय ६२ वर्षीय शेख मनाहकलाई पछाडीबाट ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

ट्याक्टरको ठक्करबाट घाईते भएका मनाहकलाई जानकी एकेडेमी अस्पताल पर्सा देवाडमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।