बारा, १८ साउन । मधेस सरकारले प्रदेशको आर्थिक बृद्धिका लागि वातावरण निर्माण गर्ने उद्देश्यका साथ बाराको सिमरामा आयोजना गरेको औद्योगिक सम्मेलन उद्योगिहरुको ९ बुँदे सुझावसहित सम्पन्न भएको छ ।

नेपाल उद्योग परिसंघ, सिप परियोजना र युकेएडको समन्वयमा मधेस सरकारले आयोजना गरेको औद्योगिक सम्मेलनमा उद्योगपतिहरुले प्रदेशमा आर्थिक वृद्धिको वातावरण निर्माणका लागि सरकारलाई ९ बुँदे सुझाव दिएका हुन् ।

उनीहरुले मधेस प्रदेशमा पछिल्लो समय वृद्धि भएको आर्थिक गतिविधिलाई निरन्तरता दिदै थप लगानीको वातावरण निर्माण गर्न उद्योग दर्ता, संचालन र उद्योगबाट बाहिरिने प्रक्रियालाई सरल एवं द्रुत गतिमा हुनुपर्ने, मधेस उद्योग व्यवस्थापन ऐन हुनुपर्ने, वीरगञ्जमा स्थापना भएको एकद्वार प्रणालीले मधेस प्रदेशमा उद्योगहरुलाई सहज र सरल वातावरण बनाउने तीन दिनमै उद्योग दर्ता महत्वपूर्ण भएपनि उद्योग दर्तालाई स्वचालित र डिजिटलाइज गरि थप सहजता प्रदान गर्नु पर्ने, प्रदेश ऐनमा अतिरिक्त सहुलियत घोषणा भए पनि संघीय सरकारसँगको समन्वय आवश्यक रहेको निम्न व्यवस्थाहरुलाई संघीय कानूनसँग सामन्जस्यता कायम गराउनुपर्ने, स्थिर पूँजीको आधारमा उद्योगहरूको वर्गीकरण हुनु पर्ने सहितका रहेका छन ।