एमाले अध्यक्ष ओलीप्रति माओवादी सांसद महतको व्यंग्य

काठमाडौं, १७ साउन । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले सत्तामा र विपक्षमा रहँदा पनि एउटै शब्द उच्चारण हुने किसिमको शपथग्रहणसम्बन्धी विधेयक ल्याउन माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महतले यस्तो बताएका हुन् ।
उनले प्रमुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधानले भनेको कुरालाई नै मान्य र लागू हुने गरेर शपथग्रहणको विधेयक ल्याउन आवश्यक रहेको बताए ।
उनले पूर्वप्रधानमन्त्री ओलीले शपथग्रहण लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेका कुराहरुको नै उच्चारण नगरेको भन्दै संसदबाटै एउटै शब्द उच्चारण हुने गरेर विधेयक पास गर्नुपर्ने बताए । उनले शपथ मान्छेको नैतिकता र संस्कारसँग सम्बन्धित रहेकोले हास्य–व्यङ्ग्यको पात्र नबन्ने गरेर विधेयक ल्याउन आग्रह गरे ।
सांसद महतले आफू हास्यव्यंग्यको पात्र नबन्ने गरेर संसदबाट नै एउटै शब्दावली उच्चारण हुने शपथग्रहण सम्बन्धी विधेयक आवश्यक रहेको उल्लेख गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


