सर्लाहीमा एक युवकको हत्या

सर्लाही, १६ साउन । सर्लाहीमा एक युवकको हत्या भएको छ ।
जिल्लाको हरिपूर्वा नगरपालिका–३ धनकौल टोल बस्ने रामसोगारथ रायका १८ वर्षीय छोरा सुशीलकुमार यादवको हत्या भएको हो ।
सुशीलको शव सोमबार बिहान गाउँकै आधारभूत विद्यालय धनकौलको चर्पी निर्माणका लागि खनिएको खाल्डोमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा यादवको शव फेला परेको प्रहरीले जनाएको छ ।
भारतमा मजदुरी गर्ने सुशील केही दिनअघि मात्रै घर आएका थिए । गत शुक्रबारदेखि उनी घरबाट बेपत्ता भए पनि परिवारले प्रहरीलाई खबर गरेको थिएन ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


