महोत्तरी, १६ साउन । महोत्तरीको बर्दिबासस्थित एक जिम सेन्टरमा विद्युत् सर्ट भई आगलागी हुँदा ९० लाख बराबरको क्षति भएको छ ।

बर्दिबास–१ स्थित बजार क्षेत्रमा अभिषेक झाले सञ्चालन गरेको ३६५ फिटनेस सेन्टरमा सोमबार दिउँसो विद्युत् सर्ट भएर आगलागी हुँदा सो क्षति भएको हो ।

आगो सशस्त्र प्रहरी, वारुणयन्त्र र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी रवि रावलले जानकारी दिए ।

आगो लागेको तल्लो तलामा सिद्धार्थ बैंक र वल्लो पल्लो घरमा अन्य २ वटा बैंक रहेको रावलले बताए ।