संसदीय विशेष समितिप्रति ओलीको आक्रोश

काठमाडौं, १५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले समितिभित्रै रहेका सत्तारुढ दलका सांसदहरुले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको जिकिर गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सिसिटिभी फुटेज नै गायब गरिएको दाबीसमेत गरे ।
ओलीले हाम्रा चाडपर्वहरुले सामाजिक सुसम्बन्धलाई बलियो बनाएको पनि स्पष्ट पारे । प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौंथाइवालेलाई जनैपूर्णिमाको दिन राखी बानिदिएकोतर्फ संकेत गर्दै त्यसमा पनि राजनीति भइरहेको बताए ।
अध्यक्ष ओलीले हाम्रा चाडपर्वहरुले नातागोतामा टुटेको सम्बन्धलाई पनि जोड्ने काम गरिरहेको स्मरण गराए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


