सभामुख सापकोटाले गरे नागरिकता विधेयक प्रमाणित

काठमाडौं, १५ साउन । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक प्रमाणित गरेका छन् ।
सभामुख सापकोटाले आइतबार प्रतिनिधिसभामा उत्पत्ति भएर संघीय संसदबाट पारित भएको ’नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गरेका हुन् ।
सभामुख सापकोटाले विधेयक प्रमाणित गरेसँगै अब राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमाणीकरणका लागि पठाइने छ ।
नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेपछि ऐन बन्ने छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


