काठमाडौं, १५ साउन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आइतबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनी बोलाइएको बैठक स्थगित भएको हो ।

बैठकमा पदाधिकारी चयन र पोलिटब्युरो, नेता जनार्दन शर्मालाई पुनः अर्थमन्त्री बनाउने कि नबनानेबारे छलफल हुने बताइएको थियो ।

अर्को बैठक कहिले बस्ने भन्ने तोकिएको छैन । यद्यपि रोकिएको माओवादी बैठक २५ साउनमा बस्न सक्ने बताइएको छ ।