काठमाडौं, १५ साउन । नेकपा एमालेले पुनः अर्थमन्त्रीमा नियुक्त भएका जनार्दन शर्माविरुद्ध संसदमा विरोध गर्ने भएको छ ।

संसदीय छानबिन समितिको बहुमतले ‘क्लिन चिट’ दिए पनि एमालेबाट समितिमा बसेको सांसदले फरक मत राखेका थिए । छानबिन समितिको बहुमतले पुष्टि हुन नसकेको बताएपछि शर्मालाई फेरि अर्थमन्त्रीमा नियुक्त गरिएको हो । एमालेका चारैजना सदस्यले छानबिन स्वतन्त्र हुन नसेकेको भन्दै फरकमत राखेका थिए ।

छानबिनका क्रममा देखिएका प्रमाणले अनधिकृत व्यक्ति प्रवेशको आरोप नै पुष्टि गर्ने भन्दै विरोध जारी राख्ने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

उनले भने, ‘निष्पक्ष छानबिन भएर निर्दोष देखिएको होइन । सत्ता गठबन्धनको बहुमतले निर्दोष बनाएको हो । हामी संसद्मा आवाज उठाउँछौँ ।’