खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प

खोटाङ, १५ साउन । खोटाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ८ः१३ बजे भूकम्प गएको हो ।
खोटाङको मार्तिमबिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । खानी तथा भूगर्भ विभागअन्तर्गत भूकम्प महाशाखा प्रमुख मोनिका झाले खोटाङको मार्तिमबिर्ता केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको बताइन् ।
प्रमुख झाका अनुसार यो गोरखा भूकम्पको पराकम्प नभई छुट्टै भूकम्प हो । खोटाङ र त्यस आसपासका जिल्लाका साथै जनकपुरधाम, काठमाडौं उपत्यकालगायतका ठाउँहरूमासमेत भूकम्पको धक्का महसुस गरिएको थियो ।
भूकम्पको क्षतिको विवरण आउन बाँकी रहेपनि भूकम्पले भोजपुरको टक्सारमा केही घरहरू भत्काएर क्षतिग्रस्त बनाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


