महोत्तरीबाट लागूऔषधसहित एक युवक पक्राउ

महोत्तरी, १४ साउन । महोत्तरी प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–६ बस्ने २५ वर्षीय संजय परियार रहेका छन् ।
कठुधारस्थित माइस्थान सम्सी सडक खण्डमा अस्थाइ प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल आइरहेका परियारलाई प्रतिबन्धित लागूऔषध एक्सीपलन साइरुपसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
उनलाई जिल्ला अदालत जलेश्वरबाट लागूऔषध मुद्दामा ५ दिन म्याद थप गरी ईलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


