पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता : नेता नेपाल

काठमाडौं, १४ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन संघीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहने बताएका छन् ।
एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न आज सदरमुकाम सिलगढी आइपुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गरेका हुन् ।
फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको बताए ।
उनले भने, ’स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको संघ÷प्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौँ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


