४ मंसिरमा संघीय निर्वाचन हुन्छ : प्रचण्ड

काठमाडौं, १४ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा संघीय निर्वाचन हुने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संघ र प्रदेशको निर्वाचन ४ मंसिरमा हुने पक्का भएको बताएका हुन् ।
उनले आफूले हिजो प्रधानमन्त्री शेर बहादुर देउवासँगको छलफलमा ४ मंसिरमा चुनाव हुने पक्का भएको उल्लेख गरे ।
उनले भने, ‘हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा भएको थियो । अब निर्वाचन मंसिर ४ गते हुने पक्काजस्तै भएको छ ।’
उनले नेता कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन समेत दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


