सर्लाहीमा बोलबम गइरहेका एक युवकको ट्याक्टरबाट खसेर मृत्यु

सर्लाही, १३ साउन । सर्लाहीमा बोलबम गइरहेका एक युवकको ट्याक्टरबाट खसेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको चक्रघट्टा गाउँपालिका–६ गोहियाही बस्ने १९ वर्षीय निखिल चौधरी रहेका छन् ।
जिल्लाको बागमती नगरपालिका–४ जिरायतमा शुक्रबार दिउँसो चक्रघट्टाबाट बागमतीतर्फ बोलबमका तिर्थयात्री बोकेर आउँदै गरेको नम्वर नुखलेको ट्याक्टरबाट खसेर सोही ट्याक्टरमा सवार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
ट्याक्टरको टेलरबाट अगाडिको भाग इन्जिनमा जाने क्रममा बीचमा लडेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि सरस्वती अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।
दुर्घटनापछि ट्याक्टरका चालक ट्याक्टरसहित फरार भएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


