दलहरुले प्रत्यक्षतर्फ महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्छ : उपसभामुख भुसाल

काठमाडौं, १२ साउन । उपसभामुख पुष्पा भुसालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राजनीतिक दलहरुले प्रत्यक्षतर्फ महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने बताएकी छन् ।
संघीय संसद सचिवालयले बिहीबार आयोजना गरेको ‘निर्वाचन प्रणाली र महिला सहभागिता’ विषयक कार्यक्रममा बोल्दै उनले दलहरुले बढी भन्दा बढी महिला नेतालाई प्रत्यक्षमा उठाएर महिलालाई हेर्ने समाजको मनोवैज्ञानिक दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएकी हुन् ।
पूर्वसभामुख ओनसरी घर्तीले पनि प्रत्यक्षतर्फ महिला उम्मेदवारलाई जोड दिनुपर्ने धारणा राखिन् ।
‘आउने पुस्तालाई हामीले महिलाहरु विशेष आरक्षण खाएर आएका छन भन्ने सन्देश दिदै छौं कि ! यसलाई तोड्नुपर्छ । यसकारण प्रत्यक्षमा जोड दिनुपर्ने हुन्छ’ उनले भनिन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


