महामारीसँग जुध्ने सामर्थ्य बढाउनुपर्नेछ : प्रधानमन्त्री देउवा

काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरससहित विभिन्न किसिमका महामारीसँग जुध्ने सामथ्र्य बढाउनुपर्ने बताएका छन् ।
वीर अस्पतालको १३३ औं वार्षिकोत्सवको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले भविष्यमा आउन सक्ने विभिन्न महामारीहरुको नियन्त्रणका लागि सरकारले आफ्नो सामथ्र्यको विकास गर्नुपर्ने बताएका हुन् ।
केही समययता मत्थर भएको कोभिड महामारी पुनः विस्तारै फैल्दै जाने खतरा देखिएको छ । अझ यसलाई पूर्ण रुपमा नियन्त्रण गर्दै भविष्यमा आउन सक्ने अन्य विभिन्न किसिमका महामारीसँग जुध्ने सामथ्र्य हामीले विकास गर्नुपर्ने खाँचो छ’ उनले भने ।
प्रधानमन्त्री देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन सरकार कटिवद्ध रहेको पनि बताए ।
प्रधानमन्त्री देउवाले क्यान्सरजस्ता घातक र नसर्ने रोगहरुको समयमै उपचार हुने व्यवस्था मिलाउन स्वास्थ्य संस्थाहरुले ध्यान दिनुपर्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


