विद्युतीय ठगी गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं, १२ साउन । काठमाडौं महानगरपालिका–२६ ठमेलबाट विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजि समेत गरेर ४ जना रहेका छन् ।
उनीहरूलाई प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङ खेलाउन प्रयोग भएका ४ सय ७२ थान मोबाइलसहित पक्राउ गरेको हो ।
उनीहरूको साथबाट २६ थान ल्यापटप, १ हजार ६२० थान एनसेलको सिम कार्ड, २० थान स्मार्टको सिम कार्ड, १० थान पेनड्राइभ र १ लाख ९० हजार रुपैयाँ मूल्य बराबरको एनसेलको रिचार्ज कार्ड पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


