बलात्कार प्रयास गरेको भन्दै जसपा नेता महतोविरुद्ध उजुरी दर्ता

सिरहा, १२ साउन । सिरहामा जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद सदस्य देवेन्द्र महतोविरुद्ध बलात्कार प्रयास गरेको भन्दै जाहेरी दर्ता भएको छ ।
गोलबाजार नगरपालिका –१३ बस्ने नेता महतोमाथि नातेदारले आफूमाथि बलात्कार प्रयास भएको भन्दै उजुरी दर्ता गराएकी हुन् ।
घरमा कोही नभएको मौका छोपी महतोले जबरजस्ती करणीको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दर्ता भएको हो ।
उक्त घटना गाउँमै मिलाउने प्रयास भएको भन्ने सूचना पाएपछि त्यहाँ पुगेको प्रहरीसँगै आएकी ती महिलाले आफूमाथि अन्याय भएको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ ।
आरोपित महतो फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर प्रदीप पौडेलले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


