बुधबार ५६४ नयाँ संक्रमित थपिए, २०२ जना संक्रमणमुक्त

काठमाडौं, ११ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ५६४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७७८ जनाको पीसीआर परीक्षण गर्दा ४१८ र १ हजार ६७६ जनाको एन्टिजेन परीक्षण गर्दा १४६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २०२ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ८८४ पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ रहेको छ । जसमध्ये ३ हजार ७९४ जना होम आइसोलेसनमा रहेका छन् भने १३५ जना संस्थागत आइसोलेसन र ३२ जना आईसीयूमा छन् ।
यस्तै २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


