काठमाडौं, १० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा डा. शर्मिला पराजुली ढकाललाई स्पेन, मिलनराज तुलाधारलाई रूसी महासंघ र प्रा.डा. रामस्वार्थ रायलाई डेनमार्कका लागि राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यस्तै गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानको गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ ।