काठमाडौं, १० साउन । बदमास केटा नामक युट्युव च्यानलबाट महिलामाथि अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गर्ने व्यक्ति पक्राउ परेका छन् ।

महिलालाई साथमा भएको पैसा, मोबाइल र गहना दिनुस् नत्र एसिड हानिदिन्छु भन्ने बर्दाघाट सुस्ता पूर्वका पूर्णचन्द्र भुसाल पक्राउ परेका हुन् ।

एसिडजस्तो अति संवेदनशील र घातक वस्तु प्रयोग गर्दै प्र्यांक भिडियो बनाएको भन्दै भुसाललाई साइबर ब्युरोले पक्राउ गरेको हो ।

समाजमा नकारात्मक सन्देश फैलाउने खालको भिडियो बनाई पोष्ट गरेको भन्दै भुसाललाई पक्राउ गरेको साइबर ब्युरोले जनाएको छ ।

भुसालविरुद्ध जिल्ला अदालत काठमाडौंमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दायर गरी अनुसन्धान अगाडि बढाइएको साइबर ब्युरोको विज्ञप्तिमा उल्लेख छ ।