उच्चको न्यायाधीशका लागि आवेदन माग्न सूचना प्रकाशित गर्ने निर्णय

काठमाडौं, १० साउन । उच्च अदालतको न्यायाधीशका लागि आवेदन माग्न सूचना प्रकाशित गर्ने निर्णय भएको छ ।
मंगलबार बसेको न्याय परिषद् बैठकले रिक्त रहेका २७ जना दरबन्दी परिपूर्तिका लागि आवेदन माग्न सूचना प्रकाशित गर्ने निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय पनि गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


