कविलासी नगरपालिकाका करार तथा ज्यालादारी कर्मचारीहरू धर्नामा

सर्लाही, १० साउन । सर्लाहीको कविलासी नगरपालिकाका करार सेवा तथा ज्यालादारी कर्मचारीहरु पुर्नबहालीको माग गर्दै धर्ना बसेका छन् ।
न्गरपालिकाले करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई हटाएपछि उनीहरू धर्नामा बसेका हुन् ।
गत असार १२ गते नगर कार्यपालिकाको बैठकले करार सेवामा कार्यरत कर्मचारीहरुको साउन १ गतेदेखि म्याद थप तथा करार नवीकरण नहुने निर्णय गरेको थियो ।
उक्त निर्णयले कार्यरत अस्थायी करार सेवाका कर्मचारीहरुप्रति अन्याय भएको भन्दै निर्णय सच्याएर पुनः पदबहाली गर्नुपर्ने मागसहति उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
विगत ६ दिनदेखि नगरपालिका कार्यालय अगाडी शान्तिपूर्ण धर्नामा बसेका करार तथा ज्यालादारी कर्मचारीहरुले समयमै आफूहरुको माग सम्बोधन नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


