सरकार मर्यादित प्रेस र अभिव्यक्ति स्वतन्त्रताको लागि पत्रकारहरुको साथमा छ : मन्त्री कार्की

काठमाडौं, ९ साउन । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार मर्यादित प्रेस र अभिव्यक्ति स्वतन्त्रताको लागि पत्रकारहरुको साथमा रहेको बताएका छन् ।
सोमबार सूचना तथा प्रसारण विभागले सञ्चार मन्त्रालयमा आयोजना गरेको ज्येष्ठ पत्रकार वृत्ति वितरण तथा पुस्तक विमोचन कार्यक्रम’मा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।
सरकार मर्यादित प्रेस, अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रतालाई अक्षुण्ण राख्न पत्रकारहरुको साथमा रहेको बताउँदै उनले सरकार प्रेस जगतको साथमा रहेको बताए ।
मन्त्री कार्कीले समाजलाई मर्यादित, निष्पक्ष, स्वतन्त्र र व्यावसायिक पत्रकारिता आवश्यक रहेको पनि उल्लेख गरे । विश्वास आर्जन गर्ने पत्रकार जमातको आवश्यकता रहेको उनको भनाइ छ ।
उनले पत्रकारहरुलाई जीवनको उत्तराद्र्धमा सरकार आफ्नो साथमा छ भन्ने अनुभूति गराउन सकिएमा पत्रकारिता निर्भीकताका साथ अगाडि बढ्ने बताए ।
मन्त्री कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गरेसँगै नेपालमा खेर गइरहेको विद्युत भारतीय बजारमा प्रवेश गरेको बताए । अब भारतमा विद्युत बेचेबापत प्रतिमहिना २ अर्ब रुपैयाँ प्राप्त गर्ने उनले बताए ।
आगामी दिनमा १५ हजार मेघावाट विद्युत भारतीय बजारमार्फत अन्य बजारमा पुर्याउन सकेमा प्रतिमहिना २ खर्ब रुपैयाँ आर्जन हुनसक्ने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


