युवतीमाथि करणी प्रयास गर्ने दुईजना पक्राउ

रुपन्देही, ९ साउन । रुपन्देहीमा एक युवतीको निजी तस्बिर फेसबुकमा राखिदिने भन्दै ब्ल्याकमेल गरेर जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गैडहवा गाउँपालिका–९ बस्ने २१ वर्षीय जगन्नाथ मल्लाह र गैडहवा गाउँपालिका–१ का १७ वर्षीय किशोर रहेका छन् ।
इलाका प्रहरी कार्यालय सालझण्डीबाट गस्तीमा खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिकास्थित एकान्त ठाउँमा एक युवतीलाई रोई आत्तिएको अवस्थामा शनिबार राति फेला पारेको थियो ।
ती युवतीलाई सोधपुछ गर्दा दुई किशोरले युवतीको विभिन्न फोटाहरू फेसबुकमा राखी भाइरल गरिदिन्छु भन्दै ब्ल्याकमेल गरी शनिबार साँझ भेट्न बोलाएका थिए ।
किशोरहरूले युवतीलाई ‘यौनसम्पर्क गर्न देऊ, अनि मात्र तिम्रा फोटाहरू फालिदिन्छौँ’ भनी त्रासमा पारेर जबर्जस्ती करणीको प्रयास गर्दा युवती भागेर आएको खुलेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न दुवैजनालाई प्रहरीले आइतबार सैनामैना नगरपालिका–७ देउवापारबाट पक्राउ गरेको छ ।
उनीहरूको साथबाट युवतीको निजी तस्बिर भएको एक थान मोबाइल बरामद भएको प्रहरीको भनाइ छ । प्रहरीले उनीहरूमाथि अनुसन्धान जारी रहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


