नेपालबाट भारततर्फ चोरी निकासी हुँदै गरेको मदिरा पक्राउ

मोरङ, ९ साउन । प्रहरीले नेपालबाट भारततर्फ चोरी निकासी हुँदै गरेको मदिरा पक्राउ गरेको छ ।
मोरङको जहदा गाउँपालिका–१ स्थित कालाबन्जारबाट प्रहरीले उक्त मदिरा बरामद गरेको हो ।
को १ त ५९१३ नम्बरको ट्याक्टरमा १४९ कार्टुन अन्दाजी १ लाख ३४ हजार भन्दा बढिको मदिरा लाँदै गर्दा प्रहरीलाई देख्नासाथ चालक फरार भएका थिए ।
उक्त मदिरा सहितको ट्याक्टर आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


