काठमाडौंको एक कल सेन्टरमा प्रहरीको छापा

काठमाडौं, ९ साउन । प्रहरीले काठमाडौंको तीनकुने गैह्रीगाउँ स्थित स्काई वर्ल्ड कल सेन्टरमा छापा मारेको छ ।
अवैध गतिविधि गरेको आशंकामा छापा मारेको हो । त्यहाँ २ हजारभन्दा बढी युवायुवतीहरू काम गर्दै आएको पाइएको छ ।
प्रहरीले छापा मारेपछि ती युवायुवती बाहिर निस्केका छन् । कल सेन्टरले भारतीय नागरिकलाई ऋण दिँदै आएको थियो । वैद्य अर्गनाइजेसनको घर भाडामा लिएर कल सेन्टर सञ्चालनमा छ ।
यसअघि आइतबार भैरहवाको तिलोत्तमा नगरपालिका–२ जानकी नगरस्थित ब्लु स्काई बिजनेस सोलुसन प्रालि नामक कल सेन्टरमा पनि प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा प्रहरीले एक जना भारतीयसहित ९ जना टिम लिडरहरूलाई पक्राउ गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


