जनकपुरधाम, ८ साउन । धनुषा प्रहरीले जनकपुरधामस्थित एक मदिरा पसलबाट चोरीका विभिन्न सामानसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कमला नगरपालिका–५ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–२ मा डेरा लिएर बस्दै आएका २१ वर्षीय मनोज यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शनिवार राति जनकपुरधाम–२ कदमचोकस्थित खुश्बु कोल्ड स्टोरमा चोरी भएको खबर प्रहरीमा आइतवार विहान आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष अनुसन्धान टोलीले चोरीमा संलग्न रहेको यादवलाई डेराबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

यादवको कोठाबाट चोरीको विभिन्न सामग्रीहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।