नक्कली नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

सर्लाही, ८ साउन । सर्लाही प्रहरीले नक्कली नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला सीतामढी थाना सोनवर्षा ग्राम परछुहिया–९ बस्ने ४० वर्षीय लालमोहन पासवान रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पासवानलाई शनिबार राति करिब साढे ८ बजेको समयमा हरिवन नगरपालिका–११ हरिवन बजारस्थित कार्की पुस्तक पसलअगाडि नेपाली नक्कली नोट चलनमा ल्याउँदै गरेको सूचनाको आधारमा पक्राउ गरिएको हो ।
प्रहरीको टोलीले पासवानलाई ५० हजार नक्कली रुपैयाँसहित नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।
प्रहरीले पासवानको साथबाट १ हजारको ५० वटा नक्कली नोट बरामद गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


