हतियार खरिद गर्ने योजना हाललाई रोकियो : गृहमन्त्री खाँण

काठमाडौं, ३२ असार । गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले हतियार खरिद गर्ने योजना हाललाई रोकिएको बताएका छन् ।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा शनिबार गृहमन्त्री खाँणले गर्दै हतियार किन्नका लागि सरकारसँग आवश्यक रकम नभएको पनि बताए ।
हतियार खरिद गर्नु आवश्यक भए पनि तत्कालका लागि उक्त योजना रोकिएको गृहमन्त्री खाँणको भनाइ थियो ।
सरकारले रकमान्तर गरेर हतियार किन्न लागेको भन्दै तीव्र विरोध भएको थियो । सो विषयमा नेता शेखर कोइरालाले समेत प्रश्न उठाएका थिए ।
बैठकमा गृहमन्त्री खाँणले आगामी निर्वाचनमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको रणनीतिबारे पनि ब्रिफिङ गरेका थिए ।
उनले माओवादी केन्द्र गठबन्धनबिना चुनाव नलड्ने दाबी गर्दै भने,’हामीले गठबन्धन गरेनौँ भने अर्को पार्टनर खोजिहाल्छ ।’ साथै उनले नेता कोइरालाले लगाएको सुराकी खटाएको आरोपको पनि खण्डन गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


