करेन्ट लागेर वडा सदस्यको मृत्यु

पर्वत, ३२ असार । पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु भएको छ ।
जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षीय दीपक गुरुङको शनिबार दिउँसो करेन्ट लागेर ज्यान गएको हो ।
गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए ।
मृतक गुरुङका दुई छोरी र एक छोरा र श्रीमती रहेका छन् । उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट सदस्यमा विजयी भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


