जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

ललितपुर, ३२ असार । ललितपुरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–११ मंगलबजार मनिडोलस्थित केदारमान ब्यञ्जनकारले सञ्चालन गरेको खाजा पसलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उक्त पसलमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ८ सय रुपैयाँ र ६ वटा पासा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


