बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

झापा, ३२ असार । प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई झापाबाट पक्राउ गरेको छ ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका–६ बस्ने ४७ वर्षीय टेकनाथ ढुंगानालाई प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत विराटनगर इलाम इजलासको २०७८ चैत १६ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ महिना कैद र २८ लाख २२ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चन्द्रगढी झापामा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


