खोलामा डुबेर एक बालकको मृत्यु

झापा, ३२ असार । झापामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
झापाको भद्रपुर नगरपालिका–३ धिमेलधुरा बस्ने सितु सापकोटाको ११ वर्षीय छोरा ईश्वर सापकोटाको सोही ठाउँस्थित देउनिया खोलामा डुबेर मृत्यु भएको हो ।
खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा खोलाको किनारमा उनको शव फेला परेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


