जनकपुरधाम, ३२ असार । प्रहरीले धनुषाको धनौजी गाउँपालिका–५ बहुअर्वा चोकबाट ३६२ ग्राम ३७ मिलीग्राम तौल भएको चाँदीको जस्तो देखिने १० थान पायल सहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने २४ वर्षीय पंकज र भारत घर भएका २३ वर्षीय कमलेश कुमार साह रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ज.७ प २७५६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी डेबडिया सिर्सियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पायलसहित पक्राउ गरिएको हो ।

उनीहरूलाई बरामद पायल सहित आवश्यक कारवाहीका लागि जनकपुर भन्सार कार्यालय पठाइएको छ ।