काठमाडौं, ३१ असार । प्रहरीले काठमाडौंको बल्खुस्थित टाटासुमो काउण्टरबाट १० जना विचौलियालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली घर भएका ३० वर्षीय हरिबहादुर पाण्डे, उदयपुरका २२ वर्षीय संजय तामाङ, भारतीय नागरिक २९ वर्षीय राकेशकुमार श्रीवास्तव, कैलाली घर भएका २१ वर्षीय राजु थापा र रौतहट घर भएका २९ वर्षीय आकाश तामाङ छन् ।

त्यस्तै, पर्साको वीरगञ्ज घर भएका ३५ वर्षीय राजिवकुमार सिंह, सिन्धुली घर भएका ३० वर्षीय नितिशजंग राणा, सर्लाही घर भएका २९ वर्षीय रविन्द्र चौधरी, ईलाम घर भएका दोर्जे गुरुङ र काठमाडौंका ४० वर्षीय राम तामाङ पक्राउ परेका छन् ।

यात्रुलाई बढी भाडा लिएको र हैरानी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

आरोपीहरुमाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ ।