नागरिकताबाट वञ्चित गरिएका नागरिकलाई राज्यले क्षतिपूर्ति दिनुपर्छ : सांसद मण्डल

काठमाडौं, ३१ असार । नेकपा माओवादीका केन्द्रका सांसद् शिवकुमार मण्डलले नागरिकताबाट वञ्चित गरिएका नागरिकलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको नागरिकता विधेयकको सैद्धान्तिक छलफल कार्यक्रममा बोल्दै उनले कानुनको अभावमा नागरिकताबाट बञ्चित गरिएका नागरिकलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने बताएका हुन् ।
‘नागरिकताको अभावमा उनीहरुले झेल्नुपरेको समस्याको हिसाब किताब गर्न नसकिने भन्दै नागरिकले गल्ती गर्यो भने राज्यले सजाय दिन्छ । तर नागरिकताको अभावमा राज्यबाट पाउने हक अधिकारबाट बञ्चित बनाएको नागरिकलाई क्षतिपूर्ति दिने कि नदिने ?’ मण्डलले प्रश्न गरे ।
जन्मजात नागरिकता पाएको व्यक्तिबाट समेत राष्ट्रघाती सम्झौता भएको बताउँदै मण्डलले उनीहरुबाटै ठुला–ठुला अपराध हुने गरेको आरोप लगाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


