काठमाडौं, ३१ असार । प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल गौतमलाई निर्वाचित गर्दै बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

एमालेकी उम्मेदवार विद्या भट्टराई उपसभामुखमा पराजित भइन् । भुसालको पक्षमा १४८ मत परेको सो मत बहुमत रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले भुसाल निर्वाचित भएको घोषणा गरे ।

यसपछि सभामुख सापकोटाले बुधबारसम्म बैठक स्थगित गर्दै भने, ‘प्रतिनिधिसभाको अर्काे बैठक साउन ४ गते बुधबार बिहान ११ बजे बस्नेछ ।’