सिरहा, ३० असार । सिरहाको गोलबजारमा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ ।

धानखेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटर चलाउने क्रममा बुधबार राती करेन्ट लागेर गोलबजार नगरपालिका–८ चोहर्वाका करिब ५५ वर्षीय अशेश्वर मण्डलको मृत्यु भएको हो ।

घर नजिकै खेतमा पानी पटाइरहेका उनलाई रातीको खाना खानलाई बोलाउन जाँदा मृत भेटिएको पारिवारिक सदस्यले जानकारी दिए ।

प्रहरीले घटनास्थल मुचुल्का उठाई पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल लहान पठाइएको जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।