सिरहा, ३० असार । सिरहाको मिर्चैयामा एक युवकको शव फेला परेको छ ।

मिर्चैया ननगरपालिका–९ ढोढ्ना फत्तेपुर बस्ने २९ वर्षीय जीवन साहको शव फेला परेको हो ।

बुधबार साँझ प्र. २–०१–००३ प ३२४८ नम्बरको मोटरसाइकलमा तरकारी किन्न मिर्चैया बजार गएका साहको शव मिर्चैया नगरपालिका–९ घुर्मीचौकदेखि सय मिटर उत्तर सडकपेटीमा भेटिएको हो ।

आज बिहान साहको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी चढेको मोटरसाइकल सडकको अर्को किनारामा ढलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा मोटरसाइकल अनियन्त्रीत भएर दुर्घटना भएको जस्तो देखिएपनि घटना शंकास्पद रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिवहादुर ओलीले बताए ।

घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।