कांग्रेस केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनबारे छलफल

काठमाडौं, ३० असार । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनका बारेमा छलफल भएको छ ।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको चौथो दिनको बैठकमा आगामी निर्वाचनका साथै समसामयिक विषयमा केन्द्रीय सदस्यले आफ्ना कुरा राखेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
उनले पार्टीलाई सुदृढ बनाउँदै जानेबारेमा पनि छलफल भएको बताए । प्रवक्ता महतले आजको बैठकमा सरकारले वर्ष दिनमा गरेको कामका बारेमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुँदागत रुपमा जानकारी गराएका थिए ।
उनले भने, ‘बैठक चालु छ । सबैको चासो चिन्ता, पार्टीलाई अब कसरी राम्रो बनाउने, निर्वाचनमा कसरी पार्टीले सफलता हासिल गर्ने, साथै देशको समसामयिक विषय, जनताका पीर, मर्का, चासो र चिन्ताका विषयहरुमा छलफल भएको छ । सरकारले गरेका कामका विषयमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुँदागत रुपमा कुरा राख्नुभयो ।’
प्रवक्ता महतले पार्टीले साउन १ वा २ गते अन्तिम निष्कर्ष निकालेर निर्णय गर्ने जानकारी दिए
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


