पार्टीभित्र गठबन्धन गरेर अघि बढ्न देउवालाई निधिको सुझाव

काठमाडौं, ३० असार । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीभित्र गठबन्धन गरेर अघि बढ्न सुझाव दिएका छन् ।
बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन् ।
नेता निधिले सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक रहेको भए पनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताए । आगामी प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई बुहमतको पार्टी बनाउनुपर्नेमा उनले जोड दिए ।
नेता निधिले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि भएका नेतालाई पनि पार्टी सभापतिले अबका दिनमा समेटेर जान सुझाब दिएको बताए । अहिलेको अन्तर्राष्ट्रिय सम्बन्धको चर्चा भइरहेकोले राम्रो बनाएर अघि बढ्न र अर्थतन्त्रमा देखिएको संकट समाधान गरेर अघि बढ्न उनले प्रधानमन्त्री देउवालाई सुझाब दिए ।
नेता निधिले नेपाली कांग्रेसभित्रका शक्ति केन्द्र र उपकेन्द्रलाई पनि एकीकृत गरेर लैजान आवश्यक रहेकोले पार्टी सभापतिले भूमिका खेल्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


