जसपाको ब्यानरमुनि काठमाण्डौमा बसेको बैठक अवैध रहेको अध्यक्ष यादवको आरोप

पर्सा, २९ असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपाको ब्यानरमुनि काठमाण्डौमा बसेको बैठक अवैध रहेको आरोप लगाएका छन् ।
मधेस प्रदेशको वीरगञ्जमा बुधबारबाट सुरु भएको जसपाको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघिय परिषद् अध्यक्ष डा. बाबुराम स्थिर हुन नसक्ने बताउँदै अस्थिर मानसिकताले पार्टी र संगठन नचल्ने जिकिर गरेका हुन् ।
भट्टराईलाई इंगित गर्दै उनले भने, ‘राजनीतिक संस्कार नभएका व्यक्तिले गुटगत भेला गरेका छन् ।’
नागरिता समस्याको समाधानका लागि पटक पटक आवाज उठाएको स्मरण गर्दै उनले पूरानो नागरिकता विद्येयकलाई संशोधन गरेर नागरिकताबिहिनहरुलाई नागरिकता दिलाउने दृढता पनि व्यक्त गरेका छन् ।
यादवले थपे, ‘शैक्षिक गुणस्तर खस्किदा अहिलेकाशिक्षालयहरु खाडी मुलुकका लागि कामदार उत्पादन गर्ने कारखाना भएका छन्, यसमा परिवर्तन गर्नुपर्ने आवश्यक्ता खट्किएको छ । शिक्षासँगै हरेक क्षेत्रको परिवर्तनका लागि हाम्रो पार्टी प्रतिबद्ध छ ।’
संघियतालाई जालसाजीपूर्ण संरचनाको संज्ञा दिएका छन् । भारतमा जात, भाषा तथा भूगोललाई आधार बनाएर नामाकरण गरेको बताउँदै अध्यक्ष यादवले नेपालमा जात, भाषा, भुगोललाई वेवास्ता गर्दै नामाकरण गरेर पहिचान मेटाउने काम भएको टिप्पणी गरे ।
संघियता र लोकतन्त्र विरोधी प्रावधानलाई संशोधन गर्नुपर्ने भएकाले ७ प्रदेशको अवधारणा गलत भएको यादवको बुझाई छ । १० प्लस १ प्रदेशको अवधारणाका लागि अहिले पनि प्रयत्नरत रहेको उनले बताए ।
मेरो जात ठूलो, मेरो धर्म ठूलो, मेरो सम्प्रदाय ठूलो भन्ने नश्लबादीय चिन्तनले समाजलाई पछाडी धकेलेको हुँदा जसपाबाहेक अरु पार्टी समानुपातिक समावेशी नभएको यादवको दावी छ ।
यादवले भने, ‘समानता, समृद्धि र लोकतन्त्र नहुँदासम्म समाज रुपान्तरण हुँदैन, हामी यही बाटोमा अग्रसर छौँ । हाम्रो भिजन क्लियर छ, हाम्रो पार्टीको घोषणा पत्र, राजनीतिक प्रतिवेदनहरु सँगै विभिन्न जिम्मेवारीमा रहेका व्यक्तीहरु पनि सही दिशामै हिँडिरहेका छौँ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


