शनिबार एकै दिन २५ अर्ब ५५ करोड रूपैयाँ सरकारी भुक्तानी

काठमाडौं, २६ असार । चालू आर्थिक वर्ष २०७८/७९ को खर्चअन्तर्गत शनिबार एकै दिन २५ अर्ब ५५ करोड रुपैयाँ भुक्तानी भएको छ । हिजो भएको खर्च जोड्दा सरकारी खर्च १२ खर्ब ३७ अर्ब पुगेको छ ।
प्रायः शनिबार सरकारी भुक्तानी हुँदैन । तर, महालेखा नियन्त्रकले भुक्तानी दिनू भनेर सूचना निकालेपछि सो रकम भुक्तानी भएको हो ।
चालू आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब पूँजीगत खर्च मध्ये १२ खर्ब ३७ अर्ब ७० करोढ रुपैयाँ खर्च भएको छ । विकास खर्च ३ खर्ब ७८ अर्ब रुपैयाँमा १ खर्ब ८९ अर्ब ४८ करोड १७ लाख रुपैयाँ खर्च भएको छ ।
चालु आवमा ११ खर्ब ८० अर्ब ६० करोड राजस्व संकलन गर्ने लक्ष्य सरकारले राखेको थियो । शनिबारसम्म १० खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।
महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द रहने जनाएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


