एमालेद्वारा निर्वाचन आयोगमा उपाध्यक्ष र सचिव चयन

काठमाडौं, २६ असार । नेकपा एमाले निर्वाचन आयोगको बैठकले पदाधिकारी चयन, सचिवालय गठन र पार्टीको आन्तरिक निर्वाचनका लागि आवश्यक विभिन्न निर्णय गरेको छ ।
आयोगका अध्यक्ष डा. विजय सुब्बाको अध्यक्षतामा बसेको बैठकले आयोगको उपाध्यक्षमा अधिवक्ता सानुराज पोखरेल र सचिवमा अधिवक्ता डा. कुन्साङ लामालाई चयन गरेको हो ।
त्यसैगरी सचिवालयमा महेश नेपाल, सानुराज पोखरेल, रीता सिंखडा, डा.कुन्साङ लामा र बाबुराम दाहाल रहेका छन् ।
बैठकले आयोगसँग सम्बन्धित दस्तावेजहरू छाप्ने र उम्मेदवारी दस्तुरबारे पनि निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


