बस मर्मत गर्ने क्रममा सोही बसले किचेर एकजनाको मृत्यु

चितवन, २६ असार । चितवनमा बस मर्मत गर्ने क्रममा सोही बसले किचेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२४ का २१ वर्षीय सुरज नेपाली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा बिग्रिएर मर्मत गर्दै गरेको ना ५ ख ९६७ नम्बरको बस चालकले परीक्षण गरेर चलाउँदै गर्दा सहचालकको मृत्यु भएको हो ।
बसले किचेर घाइते नेपालीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


