काठमाडौं महानगरले प्लास्टिकले ढाकेर राख्यो फोहोर

काठमाडौं, २६ असार । काठमाडौं महानगरले टेकुस्थित ट्रान्सफर स्टेसनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लास्टिकले छोपेको छ ।
वर्षाका कारण सडक बिग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुने नसकेकाले केही भाग फोहोरमा जीवातु राखेर प्लास्टिकले छोपेर राखिएको हो ।
प्रमुख बालेन शाहको सचिवालय सदस्य इञ्जिनियर सुनिल लम्सालका अनुसार सहरमा उत्सर्जन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेसनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो । यसरी छोपिएको फोहोरमा जीवातु हालिएको छ । त्यसमाथि प्लाष्टिकले छोपिएको हो । यसबाट ट्रान्सफर स्टेसनबाट स्थानीयलाई पर्ने असर न्युन हुनेछ ।
अहिले दैनिक संकलन भएको फोहोरलाई स्टेसनको एक साइटमा राखेर ढुवानी गर्ने गरिएको उनको भनाइ छ । ’आज घाम लागेको छ । यो अवसरलाई छोपेर हामी थप गाडी परिचालन गर्नेछौँ र स्टेशनमा फोहोरको मात्रा घटाउने छौँ,’ इञ्जिनियर लम्सालले भने ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


