आइतबारदेखि भुक्तानी प्रणाली बन्द

काठमाडौं, २६ असार । महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द भएको जनाएको छ ।
कार्यालयले बुधबार निर्णय गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार सम्बन्धित कार्यालयलाई भुक्तानी प्रणाली बन्द भएको जानकारी गराएको हो ।
नियमावलीअनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने हुन्छ । त्यसअघि नै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।
नियमावली अनुसार विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकमबाहेक भुक्तानी दिनुपर्ने र अन्य रकमको भुक्तानी भने बन्द गर्नुपर्ने हुन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


