महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

महोत्तरी, २४ असार । महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
महोत्तरी गाँउपालिका–५ गौरिगामा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा महोत्तरी गाँउपालिका–६ का ३० वर्षीय मुकेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भिर घाइते भएका मुकेशको उपचारको क्रममा जलेश्वरस्थित प्रादेशिक अस्पतालमा शुक्रबार विहान मृत्यु भएको हो ।
त्यस्तै, ३२ वर्षीय अनिल कुमार मण्डलको सोही अस्पतालमा उपचार भइरहेको छ ।
मडैबाट बलबातर्फ जाँदै गरेको ज ११ प १७२३ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


