आबेको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, २४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
‘पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ । मेरो हार्दिक श्रद्धाञ्जली,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘उहाँ विश्वको चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो । यस दुःखद घडीमा हाम्रो साथ जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरुसँग छ ।’
जापनका पूर्व प्रधानमन्त्री अवेको आज निधन भएको हो । शुक्रबार बिहान जापानको नारामा एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।
गोली लागि गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारा मेडिकल युनिभर्सिटीमामा लगिएको थियो । स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको निधन भएको घोषणा अस्पतालले गरेको हो ।
अत्यधिक रगत बहेका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


